१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ १७ बिहीबार ०७:२८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चितवन टाइगर्सको प्रमुख प्रायोजक प्रभु पे

Read Time : < 1 मिनेट
२०७८ भदौ १७ बिहीबार ०७:२८:००

९ असोजदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) चितवन टाइगर्सको प्रमुख प्रायोजकका रूपमा प्रभु पे रहने भएको छ । किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रभु पे मोबाइलबाट भुक्तानी गर्नका लागि इलेक्ट्रोनिक्स वालेटका रूपमा रहेको छ । यसैबीच अफगानिस्तानका अन्तर्राष्ट्रिय खेलाडी करिम जन्नत चितवनका पाँचौँ विदेशी खेलाडी बनेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

२३ वर्षीया जन्नतले टी–२० फम्र्याटमा राम्रो प्रदर्शन गरेका छन् । अफगानी टोलीमा उनी मध्यपंक्तिका राम्रा ब्याट्सम्यानका रूपमा चिनिन्छन् । यसअघि चितवनले श्रीलंका, पाकिस्तान, अफगानिस्तान र मलेसियाका अनुभवी खेलाडी अनुबन्धित गरेको थियो ।