१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १६ बुधबार २१:०२:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सबैको साथ पाएमा दसैँमा फिल्म रिलिज गरिदिन्छु : पूजा शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १६ बुधबार २१:०२:००

‘म यस्तो गीत गाउँछु २’ को गीत र ट्रेलर सार्वजनिक भएपछि निर्माताहरू उत्साहित बनेका थिए । प्रचारप्रसारमा पनि खर्च गरिसकेका थिए । ०७६ फागुन ३० बाट प्रदर्शन गर्ने तयारीमा रहेको निर्माण टिमलाई सरकारले गरेको लकडाउनले ठूलो धक्का दियो । त्यसपछि थन्किएको फिल्म कहिले प्रदर्शन हुने भन्ने अत्तोपत्तो छैन ।

तर, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबारको बैठकले बिहीबारबाट हलहरू खुलाउने निर्णय गरेको छ । भोलिबाट हल सञ्चालनमा आउने भएपछि यही फिल्मकी निर्मात्री तथा अभिनेत्री पूजा शर्मा उत्साहित बनेको बताउँछिन् । ‘कोही न कोहीबाट त अब सुरुवात गर्नैपर्छ । उद्योग नै घाटामा छ । फिल्ममा लगानी भएको साढे दुई करोडको ब्याज तिरिरहेकी छु,’ शर्माले भनिन्, ‘निर्मात्रीको रूपमा पनि यस फिल्ममा रहेकीले उत्साहित भएकी छु । हल खुल्ने कुराले एकदमै खुसी बनाएको छ ।’

आफूले फिल्म घरमा राख्नका लागि नभएर हलमा देखाउनकै लागि बनाएकाले जोखिम मोल्न सक्ने शर्माले बताइन् । उनले भनिन्, ‘वितरकले ढाडस दिएमा, सबै क्षेत्रबाट हौसला र सहयोग पाएमा फिल्म रिलिज गर्न डराउँदिनँ । सबैको साथ र सहयोग पाएँ भने दसैँमा फिल्म रिलिज गरिदिन्छु ।’