१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १४ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १४ सोमबार o७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाली युवा उद्यमी मञ्चद्वारा नेपालकै पहिलो उद्यमीहरूको वेबसाइट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १४ सोमबार o७:o५:oo

नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ)ले उद्यमीहरूलाई लक्षित गरी नेपालकै पहिलो उद्यमीहरूको वेबसाइट सुरु गरेको छ । पोर्टलडटएनवाइइएफडटओआरजिडटएनपी नामक यो वेबसाइट नयाँ र अवस्थित स्टार्टअपका लागि एक पूर्ण मार्गदर्शन प्रदान गर्ने लक्ष्यका साथ सुरु गरिएको हो । 
यो वेब पोर्टल युवाहरूलाई उद्यमशीलताको बाटोतर्फ मार्गदर्शन गर्ने एक प्रकारको संसाधन रहेको फोरमले जनाएको छ । उद्यमशीलताको अनुभव र ज्ञान बोकेको दाबी गरिएको वेबसाइटले सम्पूर्ण उद्यमीहरूलाई एकै ठाउँमा जोडिन मद्दत गर्ने फोरमले विश्वास व्यक्त गरेको छ ।

यस पहलले अनिश्चित उद्यमीहरूलाई उद्यमशीलताको सुनिश्चित मार्गमा डोर्‍याउन मद्दत गर्नुका साथै उद्यमीहरूका लागि राम्रो सल्लाह र प्रशिक्षण प्रदान गरी उनीहरूको क्षमताको वृद्धि र विस्तार गर्न सहयोग पुर्‍याउने फोरमले जनाएको छ । फोरमका अध्यक्ष उदीप श्रेष्ठले भने, ‘यो नेपालकै पहिलो र अत्याधुनिक वेबसाइट हो, जसले बजारमा अत्यन्त राम्रो छाप छोड्नेछ भन्नेमा म विश्वस्त छु ।’

सरल र प्रयोगकर्तामैत्री वेबसाइटको परिणामस्वरूप थुप्रै नयाँ उद्यमीहरूको सिर्जना हुने अनुमान लिएको उनको भनाइ छ । वेब पोर्टलले नेपाली उद्यमीलाई व्यापारका निम्ति चाहिने स्रोत–साधनको सामग्री प्रकाशित गर्ने जनाइएको छ । यसअन्तर्गत व्यावसायिक कानुन र नियमहरू, वित्तमा पहुँच, सम्पत्ति दर्ता, श्रम कानुन र विदेशी प्रत्यक्ष लगानीसहितका कानुनबारे जान्नका लागि सबै कुरा समावेश गरिएको फोरमले जनाएको छ । 

ad
ad
ad
ad