१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १३ आइतबार
  • Sunday, 23 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १३ आइतबार १४:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सप्तकोसीमा यस वर्षकै उच्च बहाव, ३५ वटा ढोका खोलियो (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १३ आइतबार १४:५३:oo

सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज आइतबार यस वर्षकै उच्च बिन्दुमा पुगेको हो । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार सप्तकोसीको बहाव दुई लाख ५७ हजार ७९० क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।

नदीको बहाव बढेसँगै कोसी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् । साउन ३२ गते कोसीमा यस वर्षकै बढी दुई लाख ५६ हजार २० क्युसेक प्रतिसेकेन्ड बहाव मापन गरिएको थियो । पहिल्लो मापनले साे रेकर्डलाईसमेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोसीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ। चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारण कोसी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आकलन गरिएको हो ।

यसैबीच निरन्तरको वर्षासँगै कोसीको बहावमा निकै उतार–चढाव देखिँदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ। नदीमा आएको उतार–चढावका कारण यसअघिका सातामै कटान सुरु भएको सो क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए । उनका अनुसार गरैया टापुका २० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । नदीको बहाव बढेसँगै प्रजिअसहितको टोली कोसी क्षेत्रको निरीक्षणमा निस्केको छ ।

ad
ad
ad
ad