१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी नयाँ दिल्ली
२o८१ बैशाख २० बिहीबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘धाकड’मा १० फरक लुक्समा देखिँदै कंगना

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o८१ बैशाख २० बिहीबार १२:२३:oo

बलिउड अभिनेत्री कंगना रनौतको ब्याक–टु–ब्याक एक्सन फिल्म रिलिज हुने भएको छ। आगामी वर्षको पहिलो ६ महिनाभित्र रिलिज हुने ‘धाकड’ र ‘तेजस’मा दर्शकले उनलाई एक्सन गरेको देख्न पाउनेछन्।

तेजसको सुटिङ भइरहेको छ भने धाकडको पोस्ट प्रोडक्सन कार्य जारी छ। धाकडमा कंगनाले एजेन्टको भूमिका निर्वाह गर्ने बताइएको छ। फिल्ममा कंगना १० फरकफरक लुक्समा देखिने स्रोतलाई उद्धृत गर्दै भास्करले उल्लेख गरेको छ।

हलिउडको ‘एक्वाम्यान’ र ‘मिसन इम्पोसिबल’मा एक्सन डिजाइनिङ गरेका टिमले यो फिल्मको एक्सन डिजाइन गर्ने बताइएको छ। साथै, अवार्ड विजेता जापानी सिनेमाटोग्राफर टेट्सुओ नगाटाले क्यामेराको काम गर्ने बताइएकाले पनि उत्सुकता थपिएको छ।

ad
ad