१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १२ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ १२ शनिबार o७:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

क्रिकेटका प्रमुख प्रशिक्षक  ह्वाटमोरले दिए राजीनामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ १२ शनिबार o७:१२:oo

२ पुस २०७७ मा नेपाली क्रिकेट टोलीमा मुख्य प्रशिक्षक बनेका ह्वाटमोरले आठ महिनामै पदबाट अनपेक्षित रूपमा राजीनामा दिए

काठमाडौं÷ नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले अनपेक्षित रूपमा शुक्रबार व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक ह्वाटमोरले कोरोनाका कारण परिवारसँग टाढा रहनु परेका कारण नै देखाउँदै राजीनामा दिएका हुन् । उनले यस सम्बन्धमा नेपाली क्रिकेटकै सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान)लाई इमेलमातर्फ जानकारी दिएका छन् । 

क्यानले ह्वाटमोरलाई २ पुस २०७७ मा एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । त्यसवेला चर्चित विदेशी प्रशिक्षकहरूले नेपाली टोलीका मुख्य प्रशिक्षक बन्न आवदेन दिएका थिए । क्यानले आवेदन परेकामध्ये सबैभन्दा हाइप्रोफाइल व्यक्तित्वका रूपमा ह्वाटमोरलाई चयन गरेको थियो । 

सन् १९९६ मा श्रीलंकालाई एकदिवसीय विश्वकप उपाधि दिलाएका ह्वाटमोर नेपाल आउनुअघि सिंगापुरका प्रशिक्षक थिए । मुख्य प्रशिक्षक ह्वाटमोरले नेपालमा बसेको दिन स्मरणीय र सुखद भएको जनाएका छन् । ‘म जति समय नेपालमा बसेँ, ती सबै दिन सुखद र स्मरणीय रूपमा रहेको छ,’ ह्वाटमोरले क्यानलाई पठाएको इमेलमा भनिएको छ, ‘क्यान र नेपाली खेलाडीसँग काम गर्न निकै रमाइलो लाग्यो ।’

ह्वाटमोरले मुख्य गरी परिवारसँग लामो समयसम्म टाढिँदा कठिन समय भएको जनाएका छन् । यहीकारण नै आफूले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिनुपरेको जनाएका छन् । ‘विश्वव्यापी फैलिरहेको कोरोना महामारीका कारण लामो समय परिवारबाट टाढा रहन निकै कठिन महसुस गरेको छु, यो राजीनामा मेरो व्यक्तिगत निर्णय हो,’ उनले भने, ‘यो निर्णय लिन मलाई निकै गाह्रो परेको छ ।’

आठ महिना नेपाली खेलाडीलाई प्रशिक्षण दिएका ह्वाटमोरले क्यान र नेपाली क्रिकेटलाई उज्ज्वल भविष्यको शुभकामना गरेका छन् । ह्वाटमोरले क्यानलाई कुनै पनि जिज्ञासा मेटाउन आफूसँग सल्लाह लिन सक्ने बताएका छन् । अहिले नेपाली टोली ओमानमा छ । 

नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ को प्रतियोगितामा सहभागी हुन बिहीबार मात्रै साता ओमानमा प्रस्थान गरेको थियो । सेप्टेम्बर १३ देखि २० सम्म हुने सिरिजमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गर्नेछन् । योबीचमा नेपालले राष्ट्रिय क्रिकेट टोली पपुवा न्युगिनीविरुद्ध दुई खेलको मैत्रीपूर्ण खेल खेल्नेछ ।  ह्वाटमोरको प्रशिक्षणमा नेपालले कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक टी–२० सिरिज हात पारेको थियो । 

ad
ad
ad
ad