पहिराेका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएकाे छ । अविरलको वर्षाका कारण भरतपुर-२९ को सेतिदोभान र पाँचकिलो भन्ने स्थानमा ठूलो पहिरो खस्दा दुईतर्फि सडक बन्द भएको ट्राफिक कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार १४ किलो भन्ने ठाउँमा सडक समेत भासिएको छ । हिजो साँझ देखि नै अबरुद्ध भएकाे सडक अहिले डोजर र जेसिबीको प्रयोग गरी पहिरो पन्छाउने काम भईरहेको छ ।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवान राज थापाले लगातार वर्षा भएका कारण अवरोध हटाउने कार्य समेत प्रभावित भएको बताए । उनले नारायणगढ-मुग्लिन सडक खण्डको जानकारी लिएर मात्र यात्रा गर्न समेत अनुरोध गरेका छन् ।