मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ ९ बुधबार ११:१६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाललाई बक्सिङमा तीन कांस्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ ९ बुधबार ११:१६:००

नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कांस्य पदक प्राप्त गरेको छ । कांस्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहेका छन् । 

छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कांस्य पदक प्राप्त गरेका हुन् । उनी  सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भए । यसअघि उनले  कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै कांस्य पदक पक्का गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ५–० अंकले पराजित गरेका थिए । 

नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवा र महिला ५७ किलोमा नारिका राईले पनि कांस्य पदक प्राप्त गरे ।  प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गरेका थिए । 

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् । टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ संघका सदस्य तर्कराज राई रहेका छन् ।  प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।