मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ८ मंगलबार १२:११:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ८ मंगलबार १२:११:००

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ। सेप्टेम्बरमा हुने आइसिसी विश्वकप क्रिकेट लिग– २ को त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली आज मंगलबार बिहान सलाम एयरबाट ओमान प्रस्थान गरेको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजका लागि घोषणा गरेको १७ सदस्यीय खेलाडी र पाँच अफिसियलको टोली ओमान गएकाे हाे । नेपाली टोलीका रोहितकुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन् । शरद भेषवाकर र विक्रम शोवले टोलीमा पुनरागमन गरेका छन् भने गुल्सन झाले राष्ट्रिय टोलीबाट पहिलोपटक भ्रमणको मौका पाएका छन्।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिका सँग दुई–दुई खेल खेल्नेछ। त्रिकोणात्मक सिरिजपूर्व नेपालले पपुवान्युगिनी (पिएनजी)सँग भदौ २० गते र भदौ २३ गरी दुई एक दिवसीय खेल खेल्ने तालिका रहेको छ। ओमानमा नै हुने पिएनजीसँगको खेलपछि नेपाली टोलीले त्रिकोणात्मक सिरिज खेल्नेछ।

आइसिसी विश्वकप क्रिकेट लिग– २ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ। जसमा दुई जित निकाल्दा दुई खेलमा पराजय व्यहाेरेकाे को छ। घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले चार खेल खेलिसकेको छ। लिगमा चार खेलमा चार अंक जोडेको नेपाल छैटौँ स्थानमा छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ। आठ खेल खेलेको पिएनजीले खाता खोल्न सकेको छैन।