१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
ब्लग डिजिटल संस्करण

‘विषयवस्तु सकिएको भए सन्न्यास लिनुस् ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:३२:oo

मोदनाथ प्रश्रितको ‘यौनकाण्ड’ले बजार तताइरहेको वेला एकजना साथीले  फ्याट्ट भने, ‘त्यो आइमाईले प्रश्रितलाई फसाएकी हो, त्यो नै त्यस्तै हो । मैले त्यसलाई राम्रोसँग चिन्छु ।  यी आइमाईहरूसँग संगत  गर्नै नहुने बर्बाद पार्छन् यार ।’

मैले मोदनाथ प्रश्रित र शारदा भुसालबीचको विषयमा त्यति अध्ययन नगरेकाले त्यो विषयसम्म म मौन सुनिरहेको थिएँ । जब आइमाईहरूको संगत गर्नै नहुने कुरा गरे त्यसपछि टाउको घुमाएर प्रतिप्रश्न गरेँ । ‘यदि सम्बन्ध होइन भने किन प्रश्रितलाई मात्र दोष लगाइन् त शारदाले ? अरूलाई पनि लगाउनुपर्ने होइन र ?’ यति मात्र के बोलेको थिएँ उनले खाउँलाझैँ गरी भने, ‘तपाईंसँग म बोलेको छैन ? हामी यहाँ कुरा गरिरहेका छौँ, तपाईं बीचमा किन आउनुहुन्छ ? चुप लाग्नुहोस् ।’ यदि ती मान्छेलाई आमा, दिदी, बहिनी र श्रीमती पनि आइमाई नै हुन् भन्ने विवेक थियो भने  तिनले यति घटिया प्रतिक्रिया दिँदैनथे होला । तर्क गर्नेसँग त गर्ने कुतर्क गर्नेसँग के बोल्ने भनेर म चुप लागेँ । 

बजारमा अहिले ‘उमेशचन्द्र’को एउटा कार्टुनको चर्चा छ । उनले सत्तासाझेदार नेताहरूको भुँडी ठूलो बनाएर ‘सत्ता सावर’ भन्दै व्यंग्य गरेका छन् । सर्सर्ती हेर्दा र सामान्य ढंगले बुझ्दा यो नेतालाई व्यंग्य गरेजस्तो देखिन्छ । तर, थोरै मात्र गहिरिएर सोच्ने हो भने यो कार्टुनमार्फत उनले आफ्नै आमा र आफू पैदा भएको कोखलाई व्यंग्य गरेका छन् । आमाले अनेकौँ कष्ट भोगेर जन्माएको उपहार आज यसरी दिइरहेका छन् उमेशचन्द्रले । 

एउटा सृष्टिकर्ताको कोखमाथि व्यंग्य गरेर खुब मजा लिइरहनुभएको छ है ? अब कटुवाल लगाउनुहोस् तिमीहरूका ठूलो भुँडी हामीलाई सरमको विषय भो अब कुनै पनि महिलाहरू आमा बन्न पाउने छैनौ भनेर । 

उमेशचन्द्रलाई मेरो एउटा प्रश्न छ व्यंग्य गर्ने अरू विषयवस्तु सकिएकै हुन् ? ता कि आमा र आफू जन्मिएको कोखमाथि व्यंग्य गर्नलाई ? यदि विषयवस्तु सकिएकै हुन् भने सन्न्यास लिनुस् । होइन भने घर जलाएर खरानीको व्यापार बन्द गर्नुस् । तपाईं बा बनिसक्नुभयो कि भएन मलाई थाहा छैन । तर, एक दिन पक्का बन्नुहुनेछ । तर, बा कसरी बन्छु  त्यो पनि थाहा होला । श्रीमतीको पेटलाई कसरी लुकाउनुहुन्छ उमेशचन्द्रजी ?

सामान्य भाषामा बुझ्दा व्यंग्य भनेको त विकृति र विसंगतिको भण्डाफोर गर्ने, मौलाएको भ्रष्टाचारविरुद्ध सचेत गराउने हो । गलतलाई प्रतीकात्मक शैलीमा गलत भनेर सच्याउन खोज्ने हो । तर यहाँनेर आमाको कोख कहाँनेर गलत भो उमेशचन्द्रजी ? के तपाईंलाई जन्माउनु आमाको दोष हो ? जवाफ दिनुस् । होइन भने यति विवेक पुर्‍याउन किन सक्नुभएन ? एउटा सृष्टिकर्ताको कोखमाथि व्यंग्य गरेर खुब मजा लिइरहनुभएको छ है ? अब डाँडामाथिबाट चिच्याउनुहोस्  तिमीहरूका ठूलो भुँडी हामीलाई सरमको विषय भो अब कुनै पनि महिलाहरू आमा बन्न पाउने छैनौ भनेर । 

हामी पुरुषहरूको मात्र चेतनाको विकास भएको छ । यिनीहरू केही बुझ्दैनन् । जस्तो बोले पनि हुन्छ  । जे लेखे पनि हुन्छ र आफूलाई मन लागेको चित्र प्रस्तुत गर्न केले छेक्छ भन्ने दम्भ यदि मनमा पाल्नुभएको छ भने आजैबाट निकालेर डस्बिनमा फाल्नुहोस् । 

तपाईंका चेतनासँग प्रतिस्पर्धा गर्न महिलाहरू तयार भइसकेका छन् । तपाईंको भाषा बुझ्ने क्षमताको विकास भइसकेको छ र तपाईंको आँखाको इसारा बुझ्ने ज्योति पाइसकेका छन् महिलाहरूले । महिला भनेको मेरो सृष्टिकर्ता हो । बोल्दा र लेख्दा  मैले विवेक पुर्‍याउनुपर्छ भनेर जबसम्म सोच्न सक्नुहुन्न तबसम्म तपाईंका सिर्जनाहरू डम्पिङ गरिदिए हुन्छ ।  सिर्जना र व्यंग्यको नाम दिएर यो वा त्यो बहानामा महिलाहरूलाई अपमान गर्ने निकृष्ट कार्य कसैले गर्छ भने हामी आँधी बनेर तिम्रा घृणित सिर्जना उडाइदिनेछौँ, ख्याल गर । 

ad
ad