उत्तम कुँवर स्मारक पुरस्कार गुठीले सरिता अर्यालको नियात्रा कृति ‘मेरो अपहरण’लाई यस वर्षको उत्तम–शान्ति पुरस्कारद्वारा सम्मान गरेको छ । अर्यालले उक्त कृतिमार्फत नियात्रा निबन्धका फाँटमा रागात्मक मानवीय अनुभूतिलाई प्रस्तुत गरेको गुठीको भनाइ छ ।
यस कृतिले नेपाली नियात्रा साहित्यको विकासमा विशिष्ट योगदान पुगेको भन्दै ताम्रपत्र र नगद एक लाख एक रुपैयाँसहित पुरस्कृत गरिएको गुठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गुठीले ०४४ सालदेखि आख्यानेतर गद्य विधामा रचना गरिएका कृतिहरूलाई पुरस्कारद्वारा सम्मान गर्दै आएको छ ।