मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Monday, 16 December, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७८ भदौ ३ बिहीबार o६:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ भदौ ३ बिहीबार o६:३१:oo

प्रदेश २ का  प्रदेश प्रमुखमा नियुक्त भएका हरिशंकर मिश्रले  पदभार ग्रहण गरेका छन् ।  बुधबार दिउँसो ४ बजे प्रदेश प्रमुखका सचिवसहित कर्मचारीहरूले प्रदेश प्रमुखलाई पदभार ग्रहण गराएका हुन् । मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई पद तथा  गोपनीयताको शपथ खुवाएकी थिइन् ।

पदभार ग्रहण समारोहमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव पनि सहभागी थिए । प्रदेश प्रमुख मिश्रलाई स्वागत गर्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू जनकपुरधामस्थित विमानस्थलमा पुगेका थिए । नवनियुक्त प्रदेश प्रमुख महोत्तरी पिपरा गाउँपालिकानिवासी हुन् । 

यसबीच, पदमुक्त भएका निवर्तमान  प्रदेश प्रमुख डा. राजेश झा अहिराजले प्रदेश प्रमुख निवास खाली गरेका छन् । बुधबार बिहानै प्रदेशवासीको नाममा सम्बोधन गर्दै उनले सरकारी  निवास छाडेका हुन् । आफ्नो पर्सनल कारमा आफैँले चलाएर उनी मधेस भवनबाट बिदा भएका हुन् । आफूले पाँच महिना २४ दिन प्रदेश प्रमुखको रूपमा काम गरेको र कामको क्रममा  आफूहरूलाई सहयोग गर्ने प्रदेशवासी, प्रदेश सरकार तथा कर्मचारीहरूलाई धन्यवाद दिए । 

शिरमा नेपाल मनमा मधेस राखेर आफूले क्षमताले भ्याएसम्म उत्कृष्ट कार्यको प्रयास गरेको उनले बताए ।  प्रदेश २ अभाव, अपराध र अतिवादको चपेटामा परेको, तर देशभक्तिको सवालमा बलियो रहेको उनको भनाइ थियो । सीमा सुरक्षा, देशभक्त, नागरिकता र भ्रष्टाचारजस्ता विषय सम्झौताको विषय नरहेको कुरा नागरिक र सरोकारवालालाई प्रस्ट्याउँदै जानु अहिलेको आवश्यकता रहेको उनले बताए । 

विभेदको विरुद्धमा लड्नेहरूले नै विभेदलाई नै निरन्तरता दिनु चिन्ताको विषय रहेको भन्दै उनले भने, ‘प्रदेश २ सरकार अझै समावेश हुन सकेको छैन, प्रदेश २ मा हरेक जातजाति धर्म, वर्गका व्यक्तिहरूको बसोवास छ, त्यसकारण यी विविधतामा एकता खोज्नु अहिलेको आवश्यकता छ ।’