मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २ बुधबार १८:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ च्याम्पियनसिपको पहिलो खेल नेपाल र माल्दिभ्सबीच हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार १८:१o:oo

१३औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र माल्दिभ्सले प्रतियोगिताको सुरुवात गर्ने भएका हुन्।

एक वर्ष पछि धकेलिएको १३औँ संस्करणको प्रतियोगितामा आयोजक माल्दिभ्स, भारत, नेपाल, बंगलादेश र श्रीलंकाको सहभागिता रहनेछ। यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता नहुने निश्चित भएको छ। यसअघि भुटानले सहभागिता जनाउने संकेत दिएको थियो। तर, अन्तिम समयमा सहभागिता नजनाउने भएपछि भुटानसँगै फिफाबाट निलम्बनमा परेको पाकिस्तान पनि प्रतियोगिताबाट बाहिर रहेका हुन्।

प्रतियोगिता असोज १५ देखि २७ गतेसम्म आयोजना हुनेछ। आज सार्वजनिक तालिकाअनुसार नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १७ गते, तेस्रो खेल भारतसँग असोज २२ र लिग चरणको अन्तिम खेल बंगलादेशसँग असोज २५ गते खेल्नेछ।

प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज २७ गते प्रतिस्पर्धा गर्नेछन्। साफ च्याम्पियनसिपका लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीकाे प्रशिक्षणमा पोखरा रंगशालामा तयारीलाई तीव्रता दिइरहेको छ। प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पोखराको बन्द प्रशिक्षणमा रहेकामध्येबाट १० खेलाडीलाई बाहिर राख्दै २८ खेलाडी छनोट गरेका छन्।