१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २ बुधबार १६:४९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

केन्द्र मोसन पिक्चर्ससँग २० लाख पारिश्रमिकमा सम्झौता गर्दै गायक लिम्बू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार १६:४९:oo

‘आँखामा आउने सपनी’, ‘शिरफूल –२’, ‘तिम्रो मुटुमा’, ‘सिउँदो’लगायत गीतका गायक एकदेव लिम्बूले केन्द्र मोसन पिक्चर्ससँग एक वर्षका लागि २० लाख पारिश्रमिकमा सम्झौता गर्ने भएका छन्। एक वर्षभित्र उनले पाँचवटा गीत केन्द्र मोसन पिक्चर्सलाई दिनुपर्नेछ भने गीतमार्फत भएको आम्दानीमा पनि गायक लिम्बूले सेयर पाउनेछन्।

लिम्बूले ल्याउने पाँचवटा गीतको निर्माण खर्च भने केन्द्र मोसन पिक्चर्सले नै गर्नेछ। ‘टाढा भए पनि’, ‘फुलबुट्टे सारी’, ‘आँखामा आउने सपनी (मेल/फिमेल भर्सन), ‘सख्खर चिनी’जस्ता चर्चित गीत बजारमा ल्याइसकेको केन्द्र मोसन पिक्चर्सले लिम्बूसँग नयाँ सम्झौता गर्न लागेको हो।

विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक लिम्बू यस किसिमको सम्झौताले आफूलाई हौसला प्रदान गरेको बताउँछन्। उनले भने, ‘यो सम्झौता नयाँ सर्जकका लागि पनि उत्प्रेरण हुन्छ जस्तो लाग्छ । आफ्नै लगानीमा मात्रै होइन, राम्रो सिर्जना गर्न सके लगानी गरिदिने कम्पनीहरू पनि रहेछन्। यस हिसाबले खुसी छु ।’