१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटनविरुद्ध परेका २९ रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:३o:oo

दाेस्रोपटक प्रतिनिधिसभा विघटनविरुद्ध परेका बाँकी २९ रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च  अदालतले विघटनविरुद्ध परेका ३० रिटमध्ये एक सय ४६ सांसदको तर्फबाट परेको रिटलाई मूल मुद्दा मानी फैसला गरेपछि बाँकी रहेका रिटमाथि बुधबारका लागि सुनुवाइ तोकेकाे  हो।

जेठ ८ मा भएको विघटनविरुद्ध सर्वोच्चमा २६ रिट प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बनाउन माग गर्दै र चार रिट नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई बनाउन माग गर्दै दर्ता भएका थिए। विघटन मुद्दाको फैसलापछि सर्वोच्चले पहिलोपटक मुद्दाको सुनुवाइ गर्न लागेको हो।

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यसअघिकै इजलासलाई निरन्तरता दिएका छन्। इजलासमा न्यायाधीशहश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन्।

ad
ad