मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ २ बुधबार o६:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिडविरुद्धको खोप शीघ्र व्यवस्था गर्न पर्यटन व्यवसायीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार o६:१८:oo

पर्यटन क्षेत्रका अगुवा संगठनले सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोपको शीघ्र व्यवस्था गरी नागरिकलाई सुरक्षित गर्न सरकारसमक्ष माग गरेका छन् । ट्रेकिङ एजेन्सिज एसाेसिएसन अफ नेपाल टान, नेपाल एसाेसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल संघ, पर्वतारोहण संघलगायत १२ भन्दा बढी संस्थाले मंगलबार स्वास्थ्य तथा जनसंख्य राज्यमन्त्री उमेश श्रेष्ठसँग उनकै कार्यकक्षमा भेट गरी कोभिड महामारीबाट बच्ने एक मात्र प्रमुख आधार नै खोप भएकाले खोपको सुनिश्चितता गर्न आग्रह गरेका हुन् । साथै व्यवसायीले पर्यटन क्षेत्रका संघसंस्थाका तर्फबाट स्वास्थ्यराज्यमन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

व्यवसायीले राज्यमन्त्री श्रेष्ठलाई तीनबुँदे संयुक्त मागपत्र बुझाउँदै देशभरिका पर्यटकीय गन्तव्यमा अग्रपंक्तिमा खटिएका पर्यटन सेवा प्रदायक एवं सम्बन्धित क्षेत्रका कामदार, कर्मचारी तथा सरोकारवालालाई कोभिडविरुद्धको खोप ३० दिनभित्र उपलब्ध गराउन माग गरेका छन् ।

कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेर आउने विदेशी पर्यटकलाई क्वारेन्टिनमा बस्न नपर्ने तथा तथा पिसिआर परीक्षणको व्यवस्था त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत नेपाल  प्रवेश बिन्दुहरूमा व्यवस्था गरी पोजेटिभ केसलाई मात्र क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।