संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा र प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गरेकी हुन्। संसद् बैठकमा राष्ट्रपति भण्डारीको पत्र पढेर सुनाउँदै सभामुख अग्नि सापकोटाले आज राति १२ बजेदेखि चालू अधिवेशन अन्त्य हुने बताए।
संसद् पुनर्स्थापना भएपछि पहिलोपटक साउन ३ गते संसद् बैठक निरन्तर बसेको थियो। ३ गतेको पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए।