१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३२ सोमबार
  • Saturday, 28 September, 2024
२o७८ श्रावण ३२ सोमबार o७:४६:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण ३२ सोमबार o७:४६:oo

एउटा वनका राजा शेरसिंहको मृत्युसँगै सिंहको शासन समाप्त भयो । किनकि, त्यहाँ राजा बन्न लायक अर्को सिंह थिएन । जसले गर्दा जंगलमा अराजकता पैदा भयो । जंगली समाज अस्तव्यस्त भयो । चारैतिर अशान्ति र मारकाट चल्न थाल्यो । अराजकताका कारण जंगलका जनावरलाई बाँच्नै मुस्किल पर्न थाल्यो । सिंह राजा छउन्जेल जंगलमा सुख, शान्ति र अमनचैन थियो । जंगली समाज स्वच्छ थियो । 

यस्तै अन्योलबीच एक बुद्धिमान् खरायोले जनावरहरूलाई एक सुझाब दियो– अब हामीले निर्वाचनमार्फत नयाँ राजा चयन गर्दा कसो होला ? यसो गर्दा सबैले आफ्नो राजा चयन गर्ने मौका पाउँछन् । जसले सबैभन्दा बढी मत पाउँछ, उही राजा बन्छ । खरायोको सुझाब सबैले मन पराए । दोस्रो दिन खरायोको सुझाबअनुसार मतदान सुरु भयो । दिनभरिमा मतदान सकियो । भोलिपल्ट मतगणना सुरु भयो । मतगणनामा मोटु हात्ती सबैभन्दा बढी मत हासिल गर्न सफल भयो । उसैलाई विजयी घोषित गरी राजा बनाइयो । मोटु हात्ती विजयी भएको देख्दा धेरै जनावर छक्क परे । किनकि, त्यो हात्ती आफ्नै काम पनि राम्ररी गर्दैनथ्यो । 

यही अन्योलबीच पक्षीराज गरुडले सबै पशुपन्छीलाई सम्बोधन गर्दै भने– हाम्रा नयाँ राजा जहिल्यै विभिन्न रुखका हाँगा भाँचेर आफ्नो पेट भर्थे । तर, पीपलको रुखमा रहेको गुँडमा मेरा अन्डा देखेपछि उनले रुखलाई छुँदा पनि छोएनन् । उनले यसैगरी धेरै पक्षीलाई बचाएका छन् । त्यसैले, उनको यो दयालु भावनाको कदर गर्दै हामी पक्षीहरूले उनलाई मत दियौँ । आखिर, आफ्ना जनताको सुख, दुःख तथा समस्या बुझ्ने र त्यसमा विशेष ध्यान दिने व्यक्ति नै त शासक बन्न सक्छ हैन र ?