मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २४ आइतबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २४ आइतबार १४:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रालयका गुप्त कोठाभित्रका गतिविधि सिसी क्यामेराबाट बाहिर देखाइयोस् : सांसद देवकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २४ आइतबार १४:o५:oo

सांसद खिमलाल देवकोटाले हरेक निकायका क्रियाकलापलाई पारदर्शी बनाउन माग गरेका छन्। मन्त्री र सचिवहरूले गुप्त कोठाभित्र गर्ने कामकारबाहीलाई पनि सिसी क्यामेराबाट कोठाबाहिर देखाउनुपर्ने बताए। आज राष्ट्रिय सभाको बैठकमा देवकोटाले गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि नदिएको टिप्पणी गरे। 

बैठकमा देवकोटाले भने, ‘एउटा काम यो सरकारले गरोस्। हाम्रै अध्यक्ष, संसद् सचिवालयले पनि लागू गरे हुन्छ। हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा बसेर गरेका कामकारबाहीको बारेमा कोठाबाहिर पनि देखिने गरी सिसी क्यामेरा राखियोस्। गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि दिएन। शासकहरू पारदर्शी भएनन्। गुप्त कोठाको अनुहार जनताले देख्न पाउनुपर्छ। पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागजहरू मिलाएर राति २ बजे संसद् विघटन गर्ने हिम्मत गर्ने थिएन।’