१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २२ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २२ शुक्रबार १५:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभामा प्रश्न– मुख्यमन्त्रीको कार्यालय अपहरण गर्ने ठाउँ हो ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २२ शुक्रबार १५:१९:oo

कांग्रेस सांसद प्रकाश पन्थले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन्। आजको राष्ट्रिय सभा बैठकमा उनले लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्रीलाई मुख्यमन्त्री निवासमा बन्दक बनाएको विषयलाई लिएर विरोध गरेका हुन्।

बैठकमा पन्थको भनाइ थियो, ‘लुम्बिनी प्रदेशतिर मुख्यमन्त्रीको कार्यालय सांसद अपहरण गर्ने ठाउँ बनाइएछ। सांसदलाई नै थुन्ने ठाउँको रूपमा त्यसलाई विकास गरिएको छ। मानवताविरोधी कत्रो हर्कत हो यो ? लोकतन्त्रको कुरा गरेर नथाक्ने, लोकतन्त्रवादी हुँ भनेर पटक–पटक दाबी पनि गर्ने, तर महिला जनप्रतिनिधि सांसदलाई अपहरण शैलीमा कब्जा गर्ने, थुन्ने, बन्दक बनाउनेजस्तो गुन्डागर्दी शैलीको खेद प्रकट गर्छु।’

लुम्बिनी प्रदेशले उच्चस्तरीय संसदीय समिति बनाएर उक्त घटनाको छानबिन गर्नुपर्ने उनको भनाइ थियो। मुख्यमन्त्रीले राजीनामा नदिए उनको पनि बार्दलीकै यात्रा सुरु हुने पन्थले बताए। उनले थपे, ‘अलिअलि राजनीतिक नैतिकता बाँकी छ भने मुख्यमन्त्रीले तुरुन्त राजीनामा गर्नुस् । हाेइन भने तपाईंको पनि बार्दलीकै यात्रा सुरु हुनेछ ।’

ad
ad
ad
ad