Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ श्रावण २२ शुक्रबार ०८:३५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘सुनौलो सुनछहरी’ वृत्तचित्र सार्वजनिक

Read Time : < 1 मिनेट
२०७८ श्रावण २२ शुक्रबार ०८:३५:००

सुनछहरी गाउँपालिकामा पर्यटकीय गन्तव्यसँग सम्बन्धित वृत्तचित्र ‘सुनौलो सुनछहरी’ सार्वजनिक गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि गेमी होमस्टे जेल्बाङले निर्माण गरेको उक्त वृत्तचित्र सुनछहरी गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको हो ।

पर्यटकीय सम्भावना बोकेका गाउँपालिकाभित्रका भू–दृश्य, ‘जनयुद्ध’का अवशेष, संस्कृति, जीवनशैलीजस्ता विषयलाई वृत्तचित्रले समेटेको छ । गाउँपालिकाको पर्यटकीय सम्भावनालाई मात्र उजागर गर्ने गरी निर्माण गरिएको वृत्तचित्रको अर्को भाग पनि आउनेछ । 

वृत्तचित्र सार्वजनिक गर्ने क्रममा सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनले वृत्तचित्रमार्फत स्थानीय पर्यटकीय क्षेत्रलाई उजागर गर्न खोजेको बताए । जिल्लाकै विकट मानिने गाउँपालिकामा पर्यटकीय हिसाबले प्रचुर सम्भावना रहेको तर त्यसलाई ‘ब्रान्डिङ’ गर्नुपर्ने कार्यक्रममा सहभागी वक्ताहरूले जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका सदस्य कृतिमान पुनले वृत्तचित्रले केही विषयमा बहस सिर्जना गरेको बताए । धार्मिक हिसाबले वृत्तचित्रमा परेका शब्द भत्र्सनायोग्य रहेको उनको भनाइ छ ।