१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हेमन्त केसी जाजरकोट
२०७८ श्रावण २१ बिहीबार ११:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डोरीले बाँधेर युवकलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
२०७८ श्रावण २१ बिहीबार ११:१९:००

जुनिचाँदे– २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते स्थानीय सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेपछि अध्यक्ष नेपालीलाई प्रहरीले आज पक्राउ गरेको हो । 

आजै सदरमुकाम ल्याइसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सर्पेलाई बन्धक बनाएपछि प्रहरी आएर बन्धकमुक्त गरेको थियो ।

नेपालीले यसभन्दा अघि जुनिचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्वर बस्नेतलाई पनि कुटपिट गरेका थिए । यसअघि स्थानीय युवाहरूसँग विवाद हुँदा नेपाली आफैँ घाइते भएका थिए ।