डोरीले बाँधेर युवकलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

बिहिबार, २१ साउन, २०७८
डिजिटल संस्करण

जुनिचाँदे– २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते स्थानीय सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेपछि अध्यक्ष नेपालीलाई प्रहरीले आज पक्राउ गरेको हो । 

आजै सदरमुकाम ल्याइसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सर्पेलाई बन्धक बनाएपछि प्रहरी आएर बन्धकमुक्त गरेको थियो ।

नेपालीले यसभन्दा अघि जुनिचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्वर बस्नेतलाई पनि कुटपिट गरेका थिए । यसअघि स्थानीय युवाहरूसँग विवाद हुँदा नेपाली आफैँ घाइते भएका थिए ।

See More On

सुझावित समाचार