मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १९ मंगलबार ११:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड–माधव नेपाल भेट, सरकारमा सहभागी हुने विषयमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १९ मंगलबार ११:०६:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज बिहान भएको भेटवार्तामा नेपाल पक्ष सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताइएको छ। 

स्रोतका अनुसार कोटेश्वरमा भएको भेटमा प्रचण्डले नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। भेटमा नेपाल सरकारमा सहभागी हुने विषयमा सकारात्मक देखिएका थिए। वरिष्ठ नेता नेपालले  आफूनिकट नेताहरूसँगको थप छलफलपछि सरकारमा सहभागी हुने विषयमा निर्णय लिने बताएका थिए।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा छन्। गठबन्धनका दलहरूलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीअनुसार नेता नेपालसँग पनि छलफल जारी छ।