चार पूर्वमाओवादी सांसदको मुद्दामा आज सुनुवाइ

सोमबार, १८ साउन, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले) प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिटमा आज सुनुवाइ तोकिएको छ।  यसअघि हेर्न नभ्याउनेमा राखिएको रिटको आज सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ  तोकेको हो । 

टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहले आफूहरू एमाले प्रवेश नगरेको जिकिर गर्दै माओवादी केन्द्रको तर्फबाट सांसद पद कायम गराउन माग गर्दै १३ साउनमा छुट्टाछुट्टै रिट दर्ता गराएका थिए । 

२३ फागुनमा सर्वोच्च अदालतले दुई पार्टी एकीकरणपछि बनेको नेकपालाई पूर्ववत् एमाले र  माओवादी केन्द्रकै रूपमा कायम गरिदिएको थियो।  सर्वोच्चको निर्णयपछि  उनीहरू एमालेमै रहेर मन्त्री बनेका थिए । एमालेमै रहेपछि उनीहरूलाई माओवादी केन्द्रले संसद् पद खारेज गरी कारबाही गरेको थियो।
 

See More On

सुझावित समाचार