१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १८ सोमबार
  • Wednesday, 02 July, 2025
दीपक बोहरा दाङ
२o७८ श्रावण १८ सोमबार o७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेडिकल कलेजका लागि २० बिघा जग्गा उपलब्ध  

Read Time : < 1 मिनेट
दीपक बोहरा दाङ
नयाँ पत्रिका दाङ
२o७८ श्रावण १८ सोमबार o७:o५:oo

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेडिकल कलेजका लागि जग्गा प्रदान गर्ने निर्णय भएको छ । घोराही उपमहानगरपालिका– १० नारायणपुरस्थित सिद्धरत्ननाथ नमुना मावि नारायणपुरको २० बिघा जग्गा प्रदान गरिएको हो । 

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार प्रतिष्ठानलाई मेडिकल कलेज सञ्चालनका लागि सो जग्गा उपलब्ध गराउने निर्णय भएको हो । योसँगै जिल्लामा एमबिबिएस र एमडीको अध्ययनका लागि प्रक्रिया अघि बढ्ने कुरुम्बाङकाे भनाइ छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक पाण्डेका अनुसार समग्र राप्तीको मेडिकल शिक्षालाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका रहन सक्ने भन्दै विद्यालयको जग्गा प्रदान गरिएको हो । 

यसअघि जग्गाको टुंगो नलाग्दा मेडिकल शिक्षाको काम अघि बढ्न सकेको थिएन । अब भौतिक पूर्वाधारको काम अघि बढ्ने प्रतिष्ठानका प्रमुख सल्लाहकार नारायण भुसालले बताए ।