मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १८ सोमबार
  • Monday, 16 December, 2024
२o७८ श्रावण १८ सोमबार o६:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा भूकम्प गएको ६ वर्षमा दश हजार घर पुनर्निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १८ सोमबार o६:४६:oo

भूकम्पको ६ वर्ष बित्दा लमजुङमा भूकम्पबाट क्षति पुगेका घरमध्ये १० हजार चार सय ४४ घर पुनर्निर्माण भएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार ७४ प्रतिशत निजी आवास पुनर्निर्माण भएको हो । जिल्लामा रहेका १५ हजार पाँच सय ७७ लाभग्राहीमध्ये १० हजार चार सय ४४ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् ।

०७२ को भूकम्पले लमजुङमा १५ हजार पाँच सय ७७ निजी घर भत्किएका थिए भने आठ सय ९४ घर प्रबलीकरण लाभग्राहीका सूचीमा परेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सूर्यप्रसाद शर्माले बताए । उनका अनुसार १४ हजार ६ सय २७ लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएका छन् भने १२ हजार ४४ लाभग्राहीले दोस्रो किस्ता बुझिसकेका छन् । जिल्लामा चार हजार एक सय ४३ घर निर्माणाधीन अवस्थामा छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा दूधपोखरी गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो ।

२४ जनाले गरे अनुदान रकम फिर्ता
भूकम्पपछिको पुनर्निर्माणको लाभग्राही सूचीमा सूचीकृत भएका २४ जनाले अनुदान रकम फिर्ता गरेका छन् । पूर्ण क्षतिको विवरणमा परेर घर निर्माणका लागि भन्दै पहिलो किस्ता लगेर घर नबनाएकाले उक्त रकम फिर्ता गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निश्चित समयभित्र घर निर्माण गरिसक्नुपर्ने भनी समयसीमा तोकेर सबै लाभग्राहीलाई आग्रह गरेपछि जिल्लामा २४ जना लाभग्राहीले निर्माण गर्न नसकेको कारण जनाउँदै निवेदनसहित रकम फिर्ता गरेका हुन् । भूकम्प प्रभावितहरूले आवास निर्माणका लागि पहिलो किस्ताबापत पाएको ५० हजार रकम फिर्ता गरेका हुन् । भूकम्पपीडितको नाम लिस्टमा परेका लाभग्राहीले घर नबनाई पहिलो किस्ताबापत लिएको ५० हजार रुपैयाँ फिर्ता गरेका हुन् । २४ जनामध्ये दुईजनाले पहिरो र दोस्रो किस्ताबापतको रकम फिर्ता गरेका छन् ।