मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण १४ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १४ बिहीबार १२:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १४ बिहीबार १२:३१:oo

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ। 

यसै आर्थिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको हो। विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेस्टरको पठनपाठन गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा. योगेश रञ्जितले जानकारी दिए। दुईवर्षे यो विषय पढ्नका लागि रु. एक लाख ७३ हजार लाग्ने जनाइएको छ।     
     
विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न आवश्यक छ भन्दै संकाय डिन डा. कुसुम शाक्यले नेपालमा यस विषयको पढाइले समाज परिवर्तनका लगि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। 

अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख डा. शिवलाल अधिकारीले सबै क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणका लागि विज्ञ व्यक्तिको आवश्यकता पर्ने भएकाले यो विषयको अध्ययनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा रोजगरीको अवसर मिल्ने विश्वास व्यक्त गरे। रासस