मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण १३ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १३ बुधबार २o:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस बैठकमा देउवाको अडान, ‘महाधिवेशन भदौको १६ देखि नै हुन्छ, हुन्छ, हुन्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १३ बुधबार २o:४९:oo

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनको मिति हेरफेर गर्न नमिल्ने बताएका छन् । ‘तल्ला तहको अधिवेशन हेरफेर गर्नुस् । तलमाथि पार्नुस् । जे गर्नुस् । मिलाउनुस् । तर, भदौको १६ लाई १७ मात्रै पनि बनाउन मिल्दैन । त्यो मितिमा केन्द्रीय महाधिवेशन गर्नैपर्छ,’ बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा देउवाले भने, ‘महाधिवेशन भदौको १६ देखि नै हुन्छ, हुन्छ, हुन्छ ।’

कांग्रेसले भदौको १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी १२ साउनदेखि तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । तर, क्रियाशील सदस्यताको टुंगो नलाग्दा वडा तहको अधिवेशन हुन सकेन । अहिलेसम्म कार्यतालिका मात्रै प्रभावित भएको छैन, क्रियाशील सदस्यताको टुंगो कहिले लाग्ने हो ? अझै ठेगान छैन । 

तर, सभापति देउवाले बुधबारको बैठकमा पनि केन्द्रीय महाधिवेशन सार्न नमिल्ने र नसार्ने अडान लिएका छन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताएका थिए । 

‘दुवै नेताको एउटै कुरा छ, तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्छ भनिरहनुभएको छ । तर, क्रियाशील सदस्यतामा देखिएको विवादमा दुवै पक्ष लचिलो छैन । कार्यतालिका प्रभावित भइसकेको छ, यस्तो वेला महाधिवेशन तोकिएकै मितिमा हुन्छ भनेर कसरी पत्याउने ?’ बैठकपछि एक नेताले भने ।