Skip This
गठबन्धनको बैठकमा माधव नेपाल पक्षले भन्यो– सरकारमा सहभागी हुँदैनौँ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण १३ बुधबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १३ बुधबार १३:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनको बैठकमा माधव नेपाल पक्षले भन्यो– सरकारमा सहभागी हुँदैनौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १३ बुधबार १३:१o:oo

नेकपा एमालेको माधव नेपाल पक्षले सरकारमा नजाने बताएको छ। आज बिहान भएको गठबन्धनको बैठकमा नेपाल पक्षले आफूहरू सरकारमा नजाने बताएको हो।  नेपाल पक्षबाट बैठकमा सहभागी भएका विजय पौडेलले सरकारमा सहभागी नहुने जानकारी दिएका थिए। 

यस्तै, बैठकमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम छिट्टै टुंग्याउने बताएको छ।  बैठकमा अध्यक्ष उपेन्द्र यादवले आफूहरूले छिट्टै नाम दिने बताएका थिए। ‘पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ। कार्यकारिणी समितिको बैठक पनि बसिरहेको छ। हामीले छिट्टै सरकारमा जानेको नाम फाइनल गर्छौँ,’ बैठकमा यादवले भनेका थिए। 

राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताउँदै राम्रा काममा सहयोग हुने र नराम्रा कामको विरोध गर्ने बताएको थियो।  जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारमा सहभागी नहुने र गतल कामको विरोध गर्न नछोड्ने बताएका थिए। 
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी थिए।