नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ। बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेका थिए । उनले नेपालसँग सरकारमा सहभागी हुन र देउवालाई मन्त्रिपरिषद् विस्तार गर्नेबारे कुरा गरेका थिए।
माओवादी केन्द्रबाट सरकारमा दुई मन्त्री सहभागी छन्। बैठकले माओवादीबाट सरकारमा जाने अन्य नामबारे टुंगो लगाउने सक्ने एक नेताले बताए।