१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १९:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा ५६२ थान लागुऔषधसहित कारोबारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:२८:oo

जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषध ओसारपसार तथा बिक्री गर्ने एक कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले बारा निजगढ नगरपालिका– ७ बस्ने ३० वर्षका कमल केसीलाई पाँच सय ६२ थान लागुऔषधसहित पक्राउ गरेको हो । 

लमजुङको बजार क्षेत्रमा लागुऔषध बिक्री–वितरण तथा ओसारपसार गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले सुन्दरबजार नगरपालिका– ७ फिल्म हलचोकबाट केसीलाई पक्राउ गरेको हो । प्रहरीले केसीको साथबाट डाइजेपाम १७२ थान, फेनारगन २०९ थान, नुफिन १८१ थान बरामद गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । 

उनका अनुसार केसीको साथबाट नेट्राभाट ट्याबलेट ४४ थान र नगद ५५ हजार ६ सय १५ रुपैयाँ, मोबाइल फोन सेट तीन थान, केसीको नागरिकताको फोटोकपी, सक्कल राहदानी, मोटरसाइकलसहित बिलबुक पनि बरामद भएको छ ।

पक्राउ परेका केसीलाई जिल्ला अदालत लमजुङबाट म्याद थप भई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीले बताए । उनका अनुसार लमजुङ प्रहरीले हालसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद गर्न सफल भएको हो ।

ad
ad