१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गृहमन्त्री खाण र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:५६:oo

गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुईदेशीय आपसी सम्बन्धबारे छलफल भएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए । 

भेटमा गृहमन्त्री खाणले कोभिड– १९ महामारी नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गरेका छन् । ‘नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध छ । अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस् भन्ने हाम्रो अपेक्षा छ,’ खाणको भनाइ उद्धृत गर्दै केसीले भने, ‘हामीलाई नागरिकलाई महामारीबाट बचाउन खोप आवश्यक छ । त्यो खोप अमेरिकाको सहयोगमा उपलब्ध होस् भन्ने हाम्रो भनाइ हो ।’

राजदूत बेरीले विगतमा भएको सहयोग निरन्तर रहने बताएका थिए । ‘अमेरिकाले विगतमा दिँदै आएको सहयोगलाई निरन्तरता दिनेछ । हामी सहयोग र सहकार्यका लागि तयार छौँ,’ बेरीले मन्त्री खाणसँग भनेका थिए ।
 

ad
ad