Skip This
जुडो खेल बहिष्कार गरेका नाउरिने प्रतिबन्धित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १३:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जुडो खेल बहिष्कार गरेका नाउरिने प्रतिबन्धित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका टोकियो
२o८१ बैशाख २६ बुधबार १३:o७:oo

अल्जेरियाका जुडो खेलाडी नाउरिनेले इजरायलका प्रतिद्वन्द्वीविरुद्ध खेल्न अस्वीकार गरेका छन् । ७३ केजी तौल समूहको ड्रअनुसार नाउरिनेले इजरायलका तोहारविरुद्ध प्रतिस्पर्धा गरेका थिए । तर, नाउरिनेले इजरायली खेलाडीविरुद्ध दोस्रो चरणमै नखेल्न भनी रिङबाट बाहिर निस्केका छन् । प्रशिक्षकले पनि नाउरिनेको निर्णयमा समर्थन दिएका छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ तथा अल्जेरिया ओलम्पिक कमिटीले खेलाडी नाउरिने र प्रशिक्षकलाई प्रतिबन्ध लगाएका छन् । दुवैका टोकियो ओलम्पिक कमिटीले उपलब्ध गराएको कार्डसमेत रद्द गरेको छ ।

दुई महिनाअघि इजरायलले प्यालेस्टाइनमाथि भीषण आक्रमण गरेको थियो । इजरायलले आफूभन्दा कमजोर छिमेकीमाथि अन्याय गरेकै विरोधमा ओलम्पियन खेलाडी नाउरिनेले खेल चलिरहँदा नै इजरायली खेलाडीसँग प्रतिस्पर्धा गर्ने जनाएका छन् । ‘हामीले ओलम्पिकमा पुग्न धेरै मिहिनेत गरेका थियौँ, तर इजरायली खेलाडीका कारण यस्तो निर्णय बाध्य भयौँ,’ निर्णयप्रति निराश हुँदै नाउरिनेले भने, ‘हाम्रो समर्थन प्यालेस्टाइनप्रति छ ।’

नाउरिनेका प्रशिक्षक अमारले ड्र निस्कँदा नै ‘अनलक्की’ भएको बताएका छन् । आफूहरूको निर्णय सही भएको उनको भनाइ छ । ‘हामी ड्रमै अभागी भयौँ, इजरायली खेलाडी विपक्षीका रूपमा पायौँ’ प्रशिक्षक अमारले भने, ‘यसैकारण हामी रिटायर्ड लिने पक्षमा पुग्यौँ, मेरो विचारमा यो निर्णय सही थियो ।’ अन्तर्राष्ट्रिय जुडो महासंघले खेल अझओलम्पिकजस्तो खेलकुद प्रतियोगितामा राजनीति जोडिनु नहुने जनाएको छ ।

खेल र देशको राजनीति फरक पाटो भएको महासंघले उल्लेख गरेको छ । ‘मैदानमा भेदभावपूर्ण कार्य बन्देज छ, जुडोको मूल्य–मान्यताविपरीत खेलाडी र प्रशिक्षकले काम गरेका छन्,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘खेलकुदकै माध्यमबाट हामी एकता चाहन्छौँ, ओलम्पिकमा सहभागी सबैका भावना यही नै जस्तो लाग्छ ।’ अल्जेरियन ओलम्पिक कमिटीले पुनर्विचार नगरीकनै खेल भावना कार्य गरेका खेलाडी र प्रशिक्षकलाई तत्कालै कारबाहीस्वरूप प्रतिबन्ध लगाइएको जनाएको छ ।

यी दुवैलाई तत्कालै टोकियोबाट अल्जेरिया पठाउने काम भइरहेको छ,’ कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नाउरिनेले इजरायलका खेलाडीविरुद्ध नखेल्ने घोषणा गरेको पहिलोपटक होइन । सन् २०१९ को विश्व जुडो च्याम्पियनसिपमा पनि उनले विपक्षी खेलाडी इजरायली परेपछि यस्तै निर्णय लिएका थिए । त्यसवेला संघले केही कारबाही गरेन । पछिल्लो समय इरान र इजिप्टका खेलाडीले पनि इजरायविरुद्ध नखेल्ने निर्णय लिइरहेका छन् ।

खेलाडी संक्रमित भएपछि खेल नै स्थगित

चेक रिपब्लिककी महिलाबीच भलिबल खेलाडी मार्केता नाउस्च कोरोना संक्रमित भएपछि प्राविधिक कमिटीले खेल नै स्थगित गरेको छ । महिलाबीच भलिबलको उद्घाटन खेलमा चेक रिपब्लिकले आयोजक जापानलाई २–० को सीधा सेटमा हराएको थियो । खेल समाप्तिको केही घन्टापछि नै मार्केताले परीक्षण गराएको कोरोनाको रिपोर्ट पोजेटिभ देखियो । यस नतिजासँगै प्राविधिक कमिटीले चेक रिपब्लिकलाई ‘प्राविधिक गल्ती’ जनाउँदै अर्को चरणमा जान अयोग्य घोषणा गरेको छ । पराजित भएका जापानिज महिला खेलाडीद्वय मिकी इसी तथा मेगुमी मुराकामी दोस्रो चरणमा प्रवेश गरेका छन् ।

दुईपटककी स्वर्ण विजेता बाहिरिइन्

टोकियो ओलम्पिकको दोस्रो दिन तेक्वान्दो इभेन्ट्समा पनि अप्रत्याशित नतिजा निस्किएको छ । बेलायतले स्वर्णपदक आशा गरेकी खेलाडी जाड जोनेस पहिलो चरणमै बाहिरिएकी छिन् । जोनेस ओलम्पिक खेलकुद प्रतियोगिताकै दोहोरो स्वर्णपदक विजेता हुन् । यो नतिजासँगै जोनेसको ओलम्पिकमा लगातार तेस्रोपटक एकल स्पर्धामा स्वर्ण जित्ने अभियान टुंगिएको छ । उनले शरणार्थी ओलम्पिक टोलीकी किमिया अलिजादेहसँग ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । समग्रमा जोनेस १६–१२ ले स्तब्ध भइन् ।

जोनेसले २०१२ को लन्डन तथा सन् २०१६ को रियो ओलम्पिकमा स्वर्ण जितेकी थिइन् । रियो ओलम्पिकमा अलिजादेहले कांस्य हात पारेकी थिइन् । यदि अलिजादेह फाइनल पुगेमा जोनेसले रिपेचमा प्रतिस्पर्धा गर्न अवसर पाउनेछिन् । टोकियोमा प्राविधिक रूपमा टिकिरहेपछि अन्तर्राष्ट्रिय मिडियासँग खासै बोलिनन् ।

खेल नियन्त्रणमा लिँदालिँदै पराजित हुनुको कारण पत्ता लगाउन नसकिएको दोहोरो ओलम्पिक स्वर्ण विजेता जोनेसले बताइन् । ‘अझै विश्वास लागेको छैन, हारको कारण पत्ता लगाउन अझै केही समय लाग्छ,’ उनी भन्छिन्, ‘खेलमा म आफू स्वयंले नै दबाब सामना गरेँ ।’

नम्बर एक खेलाडी स्तब्ध

विश्व महिला टेनिस वरीयताकै शीर्ष स्थानमा रहेकी अस्लेघ बार्टी टोकियो ओलम्पिकमा स्तब्ध भएकी छिन् । महिलातर्फको पहिलो चरणमा ४८औँ वरीयताकी स्पेनिस खेलाडी सारा सोरीवेससँग बार्टी ६–४ र ६–३ ले स्तब्ध भएकी हुन् । यसै महिना वार्टीले करिअरकै दोस्रो ग्रान्डस्लाम रूपमा विम्बल्डन उपाधि जितेकी थिइन् । वार्टीमाथिको जितलाई सोरिवेसले करिअरकै उत्कृष्ट प्रदर्शन भएको बताएकी छिन् । ‘यो मेरो खेल जीवनकै उत्कृष्ट नतिजा हो,’ सोरिवेसले भनिन् ।

प्रतियोगितामा दोस्रो वरीयता प्राप्त जापानिज खेलाडी नाओमी ओसाकाले चिनियाँ खेलाडी सेसे जेङ्गलाई सहजै ६–१ र ६–२ को सीधा सेटमा हराउँदै दोस्रो चरण स्थान पक्का गरिन् । टोकियो ओलम्पिकको उद्घाटन समारोहमा ओसाकाले जापानको राष्ट्रिय झन्डा बोक्दै मार्चपास गरेकी थिइन् । एकल स्पर्धाबाट बाहिरिएकी वार्टीले अब मिक्समा प्रतिस्पर्धा गर्नेछिन् ।

सोरीवेसले विश्व नम्बर एक खेलाडीलाई हराउनु सपनाजस्तै लागेको बताइन् । ‘एक किसिमले विश्लेषण गर्दा जीवनभरि नै स्मरण रहनेछ, मैले कोर्टमा वर्तमान समयकै नम्बर एक खेलाडीलाई हराएँ,’ सोरीवेसले भनिन्, ‘आफैँलाई अचम्म लागेको छ ।’ टोकियोमा आइतबार उच्चतम् तापक्रम बढ्दा खेलाडीहरूलाई १० मिनेटको बे्रक दिइएको थियो ।

टोकियोमा ३२ डिग्री पुगेको थियो । अन्तर्राष्ट्रिय टेनिस महासंघले खेलाडीहरूको शरीर चिसो बनाउन ब्रेक दिएको हो । पुरुषतर्फका नम्बर एक खेलाडी नोभाक जोकोभिक र डानिल मेदभेदेले पनि चर्को गर्मीका कारण खेल्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

ad
ad