नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले काम गर्न सक्छ भनेर प्रधानमन्त्रीले जिम्मा दिएको प्रतिक्रिया दिएका छन् । आइतबार साँझ शपथपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै श्रेष्ठले गफभन्दा काम गरेर देखाउने बताए । कोरोना महामारीले अर्थव्यवस्थादेखि सबै क्षेत्र तहसनहस भएको भन्दै उनले खोप व्यवस्थापनमा ध्यान दिने बताए ।
दिनरात नभनी काम गर्ने उनले बताए ।