मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ८ शुक्रबार १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार

शीर्ष कम्युनिस्ट नेतासामु खतिवडाको प्रश्न– एउटै कम्युनिस्ट पार्टी किन बन्न सकेन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ८ शुक्रबार १४:oo:oo

पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष तथा एमाले युवा नेता जगन्नाथ खतिवडाले सत्तरी प्रतिशत जनमत रहेको नेपालका कम्युनिस्ट पार्टीहरूले एउटै कम्युनिस्ट पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार आयोजित प्रवचन कार्यक्रममा खतिवडाले एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने पुष्पलालको परिकल्पना पूरा गर्न नसकेर अहिलेका वामपन्थी नेताहरूले योग्यता–क्षमता प्रदर्शन गर्न नसकेको बताए।

‘देशमा कम्युनिस्ट पार्टीका करिब सत्तरी प्रतिशत शुभेच्छुक, समर्थक छन्, के अहिले हाम्रा कम्युनिस्ट पार्टीका नेताहरूमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै एउटै आन्दोलनको मूल प्रवाह बनाउने क्षमता छ ?’ खतिवडाले प्रश्न गरे, ‘पुष्पलाललाई स्मरण गर्दा एउटा मात्र कम्युनिस्ट पार्टीको परिकल्पना गर्न सक्छौँ कि सक्दैनौँ ? तर, अहिले हामी अनेकौँ कम्युनिस्ट पार्टी बनाएर हिँडेका छौँ। यसलाई सम्हालेर एक ठाउँमा ल्याउन सक्छौँ कि सक्दैनौँ ?’ 

कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वाम शीर्ष नेताहरू मोहन वैद्य, चित्रबहादुर केसी, नेत्रविक्रम चन्द ‘विप्लव’, चन्द्रदेव जोशीलगायतका नेताहरू सहभागी छन्।
उनले शान्तिप्रक्रिया, संविधानसभा निर्वाचन र पछिल्लो आमनिर्वाचनपछि नेपाली समाजको गुणात्मक अवस्था, वर्गसंघर्षको लडाइँबारे कम्युनिस्ट पार्टीहरू अन्योलमा रहेकाले एकीकृत रूपमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। पार्टीहरू एकै ठाउँमा नउभिए अराष्ट्रिय तत्वहरूले शिर उठाउने र नेपालको समाजवादको यात्रा अलपत्र पर्ने उनको भनाइ छ।