१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १४:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य बिडारीले निवर्तमान प्रधानमन्त्री ओलीलाई सम्झाए घोषणापत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:o२:oo

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई नेकपा एमालेको घोषणापत्र सम्झाएका छन् । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा उनले ओलीका कदमहरूमाथि कटाक्ष गरे ।

बैठकमा बिडारीले प्रश्न गरे, ‘चुनावको वेलाको घोषणापत्रमा संसद् विघटन गर्छु भनेर लेखेको थियो ? संवैधानिक परिषद्लाई छिन्नभिन्न–टुक्राटुक्रा–क्षतविक्षत पारिदिन्छु भनेर लेखेको थियो घोषणापत्रमा ? संविधानको सुनुवाइको धारा निष्क्रिय पारिदिन्छु भनेर लेखेको थियो, त्यो वेलाको त्यो पार्टीको त्यो मान्छेको त्यो नेताले ? मनपरी ढंगले मन्त्रिपरिषद् बनाउँछु, कहिले ऐरेलाई बनाउँछु, कहिले गैरेलाई बनाउँछु, कहिले बाटो हिँड्नेलाई बनाउँछु, कहिले सांसदलाई बनाउँछु, म त मनलागी ढंगले  मन्त्रिपरिषद् बनाउँछु भनेर लेखेको थियो ? जथाभावी मनलाग्दी खर्च गर्ने भनेर लेखेको थियो ? बजेट आफैँले आफैँमा पेस गर्छु भनेर लेखेको थियो ?’

 

ad
ad