१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

म्युजिक भिडियो ‘मायाको परिभाषा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १९:o८:oo

सञ्चारकर्मीद्वय बन्दना खड्का र प्रज्ज्वल शाक्य गायन क्षेत्रमा पनि प्रवेश गरेका छन् । झन्डै दुई दशकदेखि सञ्चारकर्म गर्दै आएका खड्का र शाक्यले ‘मायाको परिभाषा’ बोलको गीतमा स्वर दिएका छन् । राजकुमार रायमाझीको शब्द र संगीत रहेको गीतले मायामा जातीय आधारमा हुने विभेदलाई बोलेको छ । 

भिडियोमा प्रतिश शाक्य, प्रयुक्ता केसी, बिगेन तुलाधर, सरला सिलवाल, अम्बिका राईलगायतलाई फिचरिङ गरिएको छ । साथमा गायकद्वय शाक्य र खड्कालाई पनि देख्न सकिन्छ । सोहन मानन्धरको छायांकन र सम्पादन रहेको म्युजिक भिडियो आराध्यलक्ष्मी खड्गीले सहनिर्देशन गरेकी हुन् । 

राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले म्युजिक भिडियो सार्वजनिक गरे । पोखरेलले सञ्चारकर्मीहरूको गायनयात्राको प्रशंसा गरे ।

ad
ad