मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण ६ बुधबार १०:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकरइद आज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण ६ बुधबार १०:१८:००

इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकरइद (इद उल अजहा) बुधबार देशभर मनाइएको छ । रमजान पर्वको ७०औँ दिनमा मनाइने यो पर्व मुस्लिम धर्मावलम्बीहरूको रमजानपछिको दोस्राे ठूलो पर्व हो ।

यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । कोरोना संक्रमणको जोखिमको कारण धार्मिक स्थलको पूजाआराधाना, प्रार्थनामा लगाइएको बन्देज नखोलिएको कारण धेरै इस्लाम धर्मावलम्बीले मस्जिदमा गएर नमाज (प्रार्थना) पढ्न पाएका छैनन् । काठमाडौंको जामे मस्जिदमा नित्य पूजा गर्नेहरू र मस्जिदवरिपरिका इस्लाम धर्मावलम्बीहरूले सामूहिक नमाज पढेका छन् ।

मास्क लगाएर भौतिक दूरीको पालना गरेर नमाज (प्रार्थना) गरेका छन् । यस पर्वमा आर्थिक रूपमा सबल मानिसहरूले दान गर्नुपर्ने अल्लाहको आदेश भएको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिनले बताए । यो पर्वमा आफ्ना ईश्वर अल्लाहलाई खुसी बनाउन इस्लाम धर्मावलम्बीहरूले आफ्नो धर्मले भनेअनुसारका पशुको बलि चढाउने र दान दिने गर्दछन् । पशुबलि दिनु र बाँडेर खानु, आफूले सकेको दान दिनु मानव धर्मका लागि केही न केही गर्नु यो पर्वको विशेषता रहेको अध्यक्ष अब्दुल समिनले बताए ।