१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण ६ बुधबार ०८:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीले भत्कियो चन्द्रनहर

Read Time : > 1 मिनेट
२०७८ श्रावण ६ बुधबार ०८:५९:००

सयभन्दा बढी घर डुबानमा, सयौँ बिघामा लगाइएको धानबाली नष्ट

अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका– ४ स्थित देशकै पुरानो चन्द्रनहर भत्काएको छ । अमहा, टेंग्रालगायत खोलाको बाढीले चन्द्रनहर भएको हो । 

नहर भत्किएर गाउँमा बाढी पस्दा वडा नम्बर १, २, ४ र ११ का सयभन्दा बढी घर डुबानमा परेका छन् । नगरप्रमुख उत्तमकुमार गौतमले दुई स्थानमा गरी करिब ५० मिटर नहर भत्किएको जानकारी दिए । 

‘चन्द्रनहरको डिल भत्किएपछि बाढी गाउँ पस्दा सयभन्दा बढी घर डुबानमा परेका छन्, करिब २० घरमा बढी क्षति गरेको छ,’ नगरप्रमुख शर्माले नयाँ पत्रिकासँग भने । उनका अनुसार जुटपानी, सत्रपत्र, अमाहा, टेंग्रा खोलामा आएको बाढीले दुई स्थानमा गरी ५० मिटर बाँध भत्काएको छ । स्थानीय शिव आचार्यले सोमबार रातिदेखि अविरल परेको पानीका कारण आसपासका सातभन्दा बढी खोलानालामा जम्मा भएको पानीले निकास नपाउँदा नहरमा क्षति पुगेको बताए । 

चन्द्रनहर मुलुकको सबैभन्दा पुरानो सिँचाइ योजना हो । तर, जीर्ण नहर पुनर्निर्माण गर्न सरोकारवालाले कुनै पहल नगरेको नगरप्रमुख शर्माले गुुनासो गरे । ‘नहरको मर्मतसम्भार अभावमा बर्सेनि ठाउँ–ठाउँमा बाँध भत्किने गरेको छ । आसपासका घरबस्ती डुबानमा पर्ने गरेका छन् भने सयौँ बिघामा लगाएका बाली बाढीले नष्ट गर्दै आएको छ,’ उनले भने, ‘तर, उपभोक्ता समितिका पदाधिकारी र चन्द्रनहर डिभिजन कार्यालय कसैले पनि मर्मतसम्भारमा ध्यान दिएका छैनन् । ’

चन्द्रनहर सिँचाइ उपभोक्ता समिति कञ्चनपुरका अध्यक्ष बद्री महत्मानले १० वर्षमा दोस्रोपटक नहर भत्किएको बताए । उनले नहर संरक्षणमा स्थानीयबाट सहयोग नपाएको गुनासो गरे । ‘नहरको साइफन सफा गर्न जाँदा स्थानीयले अवरोध गर्ने गरेका छन्, जसले गर्दा साइफन पुरियो र नहर भत्कियो,’ उनले भने । 

जिता खोलाको बाढीले २७५ घर डुबानमा
जिता खोलामा आएको बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका करिब दुई सय ७५ घर डुबेका छन् ।

लगातार वर्षा भइरहेकाले जिल्लाको पूर्वी किनारमा सप्तकोसी, त्रियुगा र पश्चिममा बलान नदीमा पानीको सतह बढ्ने खतरा छ । मौसमविद्हरूले जोखिम रहेको बताएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

सप्तकोसी, त्रियुगा, महुली, खाँडौ, बलान खोला र नदीमा पानीको सतह बढ्दै गएको छ । भारतीय बाँधका कारण जिल्लाको दक्षिणी भेगका गाउँहरू गोबरगढा, हनुमाननगर, भारदह, फतेपुर र म्पुरा, मल्हनिया, डलवा, तिलाठी, कोइलाडी, लालापटी, सकरपुरालगायत क्षेत्र डुबानमा पर्दै आएका छन् ।