![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Rajendra-linden2021-07-18-08-54-06.jpeg)
राप्रपा सांसद राजेन्द्र लिङदेनले सत्तासंघर्षले देशलाई निकास नदिने दाबी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मत लिन प्रस्तावमाथिको छलफलको क्रममा उनले छिद्रैछिद्र भएको संविधान असफल भएको जिकिर गरे ।
वर्तमान राजनीतिक नेतत्व पनि असफल भएको उनले बताए । सत्तासंघर्षको कुरूप रूप देखिएको भन्दै लिङदेनले राप्रपा तटस्थ बस्ने बताए ।
दुईतिहाइ ल्याएको धाक लगाउने सरकारले केही गर्न नसकेको देशमा देउवाबाट जनताले आशा नगरेको उनले बताए । उनले राम्रो काम गरेर देखाउन शुभकामना पनि दिए । राम्रो काम गर्न नसके पनि नराम्रो काम नगर्न उनले प्रधानमन्त्रीलाई सुझाब दिए ।
उनले प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक नराख्न पनि आग्रह गरे ।