मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अमुल थापा काठमाडौं
२०७८ श्रावण ३ आइतबार २०:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेलाई बाबुराम भट्टराईको सुझाब– कुतर्क गरेर इतिहासलाई बिर्सिने काम नगरौँ

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७८ श्रावण ३ आइतबार २०:१३:००

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कुतर्क गरेर इतिहास बिर्सिने काम नगर्न प्रतिपक्षी एमालेलाई सुझाब दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा भट्टराईले जानेर वा नजानेर कुतर्क नगर्न आग्रह गरे । 

कुतर्क गरेर इतिहासलाई बिर्सने काम नगर्न उनले आग्रह गरे । उपलब्धिलाई संस्थागत गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत ५ पुसदेखि गरेका हर्कत गलत भएको उनले बताए । वेलामा विधेयक पेस नगर्ने अनि अध्यादेशबाट मनपरी ढंगले चलाउने काम लोकतन्त्र हुन्छ भन्दै उनले प्रश्न गरे ।

शक्ति सन्तुलनको सिद्धान्तलाई समेत ओली सरकारले अस्वीकार गरेको उनले बताए । अध्यादेशको आडमा संवैधानिक संस्थामा पकेटबाट मान्छे झिरेर ओली सरकारले राखेको उनले बताए । 

उनले संविधानमा असहमत राख्नेहरूले पनि उपलब्धि संस्थागत गर्दै अघि बढ्नका लागि संविधानको पक्षमा लडेको बताए । आफूले संविधान बनेपछि आधा गिलास पानीको संज्ञा दिएको भन्दै उनले आधा गिलासलाई बचाएर भरी बनाउने अभियानमा रहेको बताए । उनले भने, ‘भष्मासुर प्रवृत्तिले आधा गिलासलाई पनि भत्कायो, आधा गिलास जोगाएर पूरा गराउने आन्दोलनमा हामी लाग्यौँ । दुर्घटनाको डिलमा पुगेको संविधानलाई सर्वोच्चले बचायो ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको हत्या भएर देश अँध्यारो सुरुङमा जान लागेको स्थितिबाट सर्वोच्चको फैसलाले बचाएको उनले बताए ।

प्रतिनिधिसभाको पटक–पटक हत्या भए पनि रोक्न दलहरू चुकेकोसमेत उनले बताए ।