१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १ शुक्रबार
  • Saturday, 07 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण १ शुक्रबार १२:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालुवाटार सरे प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण १ शुक्रबार १२:o३:oo

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् । गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सरेका हुन् । 

प्रधानमन्त्री देउवा बिहान  (१०:०३) बजेको शुभसाइतमा प्रधानमन्त्रीनिवास बालुवाटार प्रवेश गरेका हुन् । उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कर्टिङ गरेका थिए । 

सर्वोच्चको परमादेशपछि गत मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।