१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३१ बिहीबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार ३१ बिहीबार o८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

ज्योति विकास बैंक र नाट्टाबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार ३१ बिहीबार o८:४६:oo

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)बीच सहकार्यका लागि सम्झौता भएको छ । नाट्टाको वार्षिक साधारणसभाको अवसर पारेर संस्थामा आबद्ध व्यवसायी र कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । 

सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार बैंकले नाट्टामा आबद्ध व्यवसायीहरू तथा संस्थामा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरू र सहज वित्तीय सेवाहरू प्रदान गर्ने जनाइएको छ ।

साथै, बैंकले नाट्टाअन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने र सहजै सुचारु गरी व्यवसायमा लागू गर्न पनि सहयोग गर्ने जनाइएको छ । व्यवसायीहरूले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउन सक्ने बैंकले जनाएको छ । 

यसका साथै बैंकले आधुनिक बैंकिङ, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निमित्त नाट्टासँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याउने जनाइएको छ । बैंकले हाल एक सय पाँच शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ । 

ad
ad
ad
ad