Skip This
जालझेल गरेर प्रधानमन्त्रीबाट हटाइयो : ओली
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३० बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ असार ३० बुधबार १४:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जालझेल गरेर प्रधानमन्त्रीबाट हटाइयो : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असार ३० बुधबार १४:३६:oo

एमाले अध्यक्ष केपी ओलीले जालझेल गरेर अदालतमा निवेदन हालेर परमादेशबाट आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारबाट बाहिरिएर निजी निवास बालकोट पुगेपछि कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ओलीले भने, ‘निर्वाचनबाट, जनादेशबाट हारेर होइन, जालझेल गरेर, अदालतमा निवेदन  हालेर परमादेशबाट प्रधानमन्त्रीबाट हटाइएको हो । विश्वमै कतै नभएको नजिर, कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै अदालतबाट प्रधानमन्त्री नियुक्ति गर्ने काम भयो ।’

उनले सानका साथ राष्ट्र र जनताको स्वाभिमान माथि उठ्ने गरी, विकास निर्माणलाई तीव्रता दिने गरी सरकारले काम गरे पनि जनताको बीचमा जाने जनादेशको बाटो छेकिएको आरोप लगाए । आमनेपालीलाई खोपको प्रबन्ध गरेर आफू बाहिरिए पनि नयाँ सरकारले जस लिने गरी निर्णय गरेर भ्रमपूर्ण प्रचार गरेको भन्दै ओलीले आपत्ति जनाए ।