१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३० बुधबार
  • Saturday, 28 September, 2024
२o७८ असार ३० बुधबार १२:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशघाती र जनघातीको कुप्रचारबाट विचलित हुनेछैन : भीम रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार ३० बुधबार १२:oo:oo

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशघाती र जनघातीहरूको कुप्रचारबाट आफू रत्तिभर विचलित नहुने चेतावनी दिएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै रावलले पद र प्रतिष्ठाका लागि बाह्य शक्तिका सामु घुँडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरू आफ्नाेविरुद्ध लागेकाले त्यस्तो भ्रममा नपर्न  सबैमा आग्रहसमेत गरे ।

असार २७ गते एक सञ्चारमाध्यामले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिसँग आधा घन्टा होटेल मेरियटमा भेटवार्ता गरेको भन्ने कपाेकल्पित समाचार लेखेको भन्दै उनले आफू नै आश्चर्यमा परेको बताए । तथ्यविपरीत सुनियोजित र प्रायोजित किसिमले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने दुराशयपूर्ण कुप्रचार दुस्प्रयास गरेकाे भन्दै उनले भर्त्सना गरेका छन् ।