ग्रिन टायरले सुरु गर्‍यो ट्याक्टरको टायर उत्पादन

शुक्रबार, २५ असार, २०७८
डिजिटल संस्करण

नेपालमा निजी लगानीमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्याक्टरको पछाडि भागमा लाग्ने टायर उत्पादन गरेर बजारमा उपलब्ध गराएको छ । कम्पनीले टायरको नाम सारथी राखेर शेर्पा ब्रान्डमा बजारमा ल्याएको हो ।  

ट्याक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायरसमेत बनेको कम्पनीले जनाएको छ । नेपालको कठिन सडक तथा भौगोलिक संरचनाको हिसाबले तयार गरिएकाले उक्त टायर नेपाली माटो तथा बाटोलाई सुहाउने कम्पनीको दाबी छ । 

सो टायरमा तापप्रतिरोधी क्षमता रहेको छ भने पन्चर सुरक्षाका लागि थ्रेडको बीचमा अतिरिक्त रबर प्रयोग गरिएको कम्पनीले जनाएको छ । कुल २० वटा गोटी रहेको र हाई एनएसडीसहित उत्कृष्ट ट्र्याक्सनयुक्त टायर भएकाले यसले राम्रो उत्पादकत्व दिनेमा कम्पनी विश्वस्त रहेको कम्पनीले उल्लेख गरेको छ ।

तीन वर्षपहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टू ह्विलर, थ्री ह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरू उत्पादन गर्दै आएको जनाएको छ । 

See More On

सुझावित समाचार