१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २४ बिहीबार
  • Saturday, 28 September, 2024
कमल खत्री म्याग्दी
२o७८ असार २४ बिहीबार १o:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले घर बगाउँदा दम्पतीको मृत्यु

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७८ असार २४ बिहीबार १o:३७:oo

म्याग्दीको मंगला गाउँपालिका– ५ छिसबाङमा खहरेमा आएको बाढीले घर बगाउँदा एकै घरका दुईजनाको मृत्यु भएको छ । बुधबार खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरी बस्ने मालिका गाउँपालिका– ६ दुखुका २३ वर्षीय गजिन र उनकी पत्नी १९ वर्षीय विनाको मृत्यु भएको हो ।

बाढीले बगाएर बेपत्ता बनाएका दुवैको प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृत अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसबाङ खहरेका अन्य घरहरूमा पनि क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा सुरक्षाकर्मी घटनास्थलमा परिचालन भएर उद्धार र क्षतिको विवरण संकलनमा जुटेका थिए । 

यसैबीच छिसबाङ खहरे खोलामा आएको बाढीले स्थानीय ६ परिवार विस्थापित भएका छन् भने मालिका गाउँपालिका– १ दुखुमा एक घरपरिवार विस्थापित भएकाे छ । बाढीले तीन घर पूर्ण रूपमा क्षति भएको र अन्य घरहरूसमेत जोखिममा रहेकाले २६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिए ।