१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एजेन्सी
२o८१ बैशाख १९ बुधबार o९:४७:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली युरोकपकाे फाइनलमा

Read Time : > 3 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:४७:oo

इटाली टाइब्रेकरमा स्पेनलाई पराजित गर्दै युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेल अतिरिक्त समयसम्म पनि १–१ गोलको बराबरीमै रोकिएपछि भएको टाइब्रेकरमा इटालीले ४–२ को जित निकालेको हो । 

इटालीले उपाधिका लागि आइतबार वेम्बली स्टेडियममा हुने फाइनल खेलमा इंग्ल्यान्ड वा डेनमार्कमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड र डेनमार्क दोस्रो सेमिफाइनल खेलमा आज राति प्रतिस्पर्धा गर्दै छन् ।

टाइब्रेकरमा आफ्ना दुई खेलाडी गोल गर्न असफल भएपछि स्पेन प्रतियोगिताको उपाधिको नजिक पुगेर बाहिरिएको छ । टाइब्रेकरमा स्पेनका डानिइल ओल्मोले क्रसबार भन्दा माथिबाट बाहिर प्रहार गर्दा अल्भारो मोराटाको कमजोर प्रहारलाई इटालीका गोलरक्षक जियनलुइजी डोन्नारुम्माले रोकिदिए । त्यसपछि जोर्जिन्होले निर्णायक गोल गर्दै इटालीको फाइनल यात्रा निश्चित गरेका हुन् ।

त्यसअघि खेलको निर्धारित समयमै फेडेरिको चिइसाले गोल गर्दा इटाली सहजै प्रतियोगिताको उपाधितर्फ अग्रसर देखिएको थियो । काउन्टरमा प्राप्त अवसरमा चिइसाले खेलको ६०औँ मिनेटमा ‘कर्लिङ सट’मा उत्कृष्ट गोल गरेका थिए । 

यद्यपि, ‘सब्स्टिच्युड’ खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका मोराटाले निर्धारित समयको खेल सकिनु मात्रै १० मिनेटअघि ओल्मोसँग वान टु वान पास खेल्दै टोलीका लागि बराबरी गोल गरेका थिए । यद्यपि, यी दुवै खेलाडी टाइब्रेकरमा चुक्दा स्पेन प्रतियोगिताबाटै बाहिरिनुपरेको छ । युरोकपको सर्वाधिक विजेता दुई टोलीमध्येको एक स्पेन पहिलोपटक सेमिफाइनलमा पराजित भएको हो ।

रोबर्टाे मान्सिनीको टोली इटालीले जारी प्रतियोगिताको सुरुवातबाटै सशक्त प्रदर्शन गर्दै आइरहेको छ । पछिल्लो १४ खेलमा लगातार जितको नतिजा हात पारेको इटाली स्पेनविरुद्धको जितका लागि लायक रह्यो । यद्यपि, स्पेनविरुद्धको खेलमा जितका लागि उसलाई सम्भवतः अहिलेसम्मकै कडा मिहिनेत गर्नुपर्‍यो ।

यो पराजयसँगै स्पेन र विशेषगरी मोराटाका लागि युरोकप २०२० को पराजय निराशाजनक रह्यो । प्रतियोगिताको दौरान उनले गोलका धेरै अवसर गुमाए । प्रतियोगितामा प्राप्त पेनाल्टी अवसरमा समेत नियमित रूपमा गोल गर्न नसक्दा उनको परिवारले ज्यान मार्ने धम्कीसम्म व्यहोर्नुपरेको छ ।

मान्सिनीको नेतृत्वमा उपाधितर्फ इटाली

प्रतियोगिता अघिसँगै इटालीको खेल्ने शैलीमा परिवर्तन देखिएको छ । उनीहरूले आफ्नो पुरानै रक्षात्मक शैली अपनाएका छन्, जुन उनीहरूको फाइनल यात्रामा निर्णायक देखिएको छ ।

इटाली समूहगत चरणमा ‘फ्री स्कोरिङ’ र प्रभावशाली देखिएको थियो । त्यसमा उनीहरूको रक्षापंक्ति मुख्य रह्यो । समूहगत चरणको प्रतिस्पर्धासम्म उनीहरूले एक गोल पनि नव्यहोरी लगातार ११ जित निकालेका थिए । यद्यपि, प्रिक्वार्टरफाइनलमा अस्ट्रियालाई पराजित गर्न अतिरिक्त समयसम्म खेल्नुपर्‍यो । यस्तै, क्वार्टरफाइनलमा पनि बेल्जियमविरुद्ध जितका लागि निक्कै मिहिनेत गर्नुपर्‍यो ।

इटाली सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएपछि मान्सिनीले जिम्मेवारी सम्हालेका थिए । मान्सिनीले जिम्मेवारी सम्हालेपछिको पहिलो प्रयासमै टोलीलाई पहिलो महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुर्‍याएका छन् ।

चारपटकको विश्व च्याम्पियन इटालीले युरोकपको उपाधि भने एकपटक मात्रै जितेको छ, सन् १९६८ मा । इटालीले सन् २००० र २०१२ को युरोकपको फाइनल पनि खेलेको थियो । यद्यपि, त्यो दुवै अवसरमा इटाली पराजित भएको छ । पछिल्लो फाइनलमा इटाली स्पेनसँगै पराजित भएको थियो ।

यद्यपि, सन् २०१२ पछिको दुई संस्करणमा भने इटालीले स्पेनलाई लगातार पराजित गरेको छ । यसपटक इटालीले काउन्टर एट्याकमा अग्रता बनाएको हो । गोलरक्षक डोन्नारुम्माले सुरु गरेको बललाई चिइसाले गोलमा परिणत गरेका थिए ।

इटालीसामु गोलका केही राम्रा अवसर थिए । यद्यपि, त्यसलाई उनीहरूले सदुपयोग गर्न सकेनन् । मोराटाले बराबरी गोल फर्काउनुअघि डोमेनिको बेरार्डीले दुई राम्रा अवसर पाएका थिए । यद्यपि, दुवै अवसरमा उनले सीधै गोलरक्षक उनई सिमोनको हातमा प्रहार गरे ।

त्यसपछि भने यी दुवै टोलीले टाइब्रेकरकै लागि खेलेकोजस्तै देखियो । अतिरिक्त समयसम्म पनि थप गोल गर्न नसकेपछि खेलमा टाइब्रेकर भएको थियो । टाइब्रेकरमा इटालीका मान्युइल लोकाटेल्लीको प्रहारलाई गोलरक्षक सिमोनले रोकिदिएका थिए । यद्यपि, उनीहरूले त्यसपछिका सबै प्रहार गोलमा परिणत गरे ।

स्पेनको दुर्भाग्य

स्पेनले प्रतियोगितामा कमजोर सुरुवात गर्‍याे । प्रतियोगिताको सुरुवातमै लगातार दुई गोलमा बराबरीमै रोकिएपछि स्पेनलाई समूहगत चरणमै मुस्किल देखिएको थियो । यद्यपि, स्पेन प्रतियोगिताकै सर्वाधिक गोल गर्ने टोली (१३) को रूपमा घर फर्किएको छ ।

यसमध्ये १० गोल उसले दुई खेलमा गरेको यियो । यद्यपि, स्पेनले प्रतियोगितामा स्लोभाकियालाई मात्रै निर्धारित ९० मिनेटभित्र पराजित गर्न सक्यो । स्पेनले आफ्ना मुख्य स्ट्राइकर मोराटालाई बेन्चमा राख्दै इटालीविरुद्ध युवा स्ट्राइकरलाई अवसर दिएको थियो, जसको चर्चा यसअघि खासै भएको थिएन । अग्रपंक्तिमा मिकेल ओर्याजाबल र ओल्मोको नयाँ जोडी खासै जमेको देखिएन ।

यद्यपि, लुइस एन्रिकको टोली स्पेनले इटालीको पोस्टमा १६ सशक्त प्रहार गरेको थियो । त्यसको तुलनामा इटालीले मात्रै सात प्रहार गर्न सक्यो । स्पेनले यसअघि मुख्य प्रतियोगितामा खेलेको पाँचमध्ये पाँचै सेमिफाइनल प्रतिस्पर्धामा जित हात पारेको थियो । त्यसमा सन् २००८ को युरोकप, सन् २०१० को विश्वकप र सन् २०१२ को युरोकपको उपाधि पनि सामेल छन् । उनीहरूको सेमिफाइनलको सफलताको यो इतिहास भने अब टुंगिएको छ ।

उनीहरूले इटालीविरुद्ध राम्रो खेलेका हुन् । निर्धारित समयमा ओल्मोले दिएको पासमा गोल गर्दै मोराटाले टोलीलाई निर्धारित समयमा हारबाट जोगाएका थिए । यद्यपि, टाइब्रेकरमा उनीहरूको प्रदर्शन कमजोर देखियो । टोलीका लागि पहिलो पेनाल्टी प्रहार गर्न गएका ओल्मोले सीधै क्रस बारभन्दा माथिबाट बाहिर प्रहार गरे । त्यसपछि मोराटाको कमजोर प्रहारलाई इटालीका गोलरक्षक डोन्नारुम्माले सहज नियन्त्रणमा लिए । 
 

ad
ad