१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाँच विद्यार्थी संगठनद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:१८:oo

आन्दोलनरत पाँच विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैटौँ)का अध्यक्ष विमल पोखरेलले संयुक्त प्रेस नोट जारी गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका हुन् । 

अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा मंगलबार बसेको पाँच विद्यार्थी संगठनको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो । २४ असारमा देशव्यापी सिट्ठी जुलुस र २७ असारमा माइतीघरमा शंख फुकेर प्रतिगमनविरुद्ध विरोध प्रदर्शन गर्ने प्रेस नोटमा उल्लेख छ । बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने विश्वाससमेत लिएको छ । 

यस्तै, बैठकले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता, भ्रष्टाचार, निजीकरण र माफियाकरणले प्रतिष्ठान धराशायी हुने अवस्थामा पुगेको निष्कर्ष निकाल्दै उपकुलपतिको बर्खास्तीको माग गर्दै भइरहेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेको छ । 

शिक्षक सेवा आयोगको परीक्षा लिने प्रक्रिया तत्काल अगाडि बढाउन पनि बैठकले माग गरेको छ । 

चितवनमा २२ वर्षीया सुजिता भण्डारीको रहस्यमय मृत्युको अविलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि पाँच विद्यार्थी संगठनले माग गरेका छन् ।

 


 

ad
ad