१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा उतारचढाव कायमै कारोबार रकम घट्दो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o८:oo

सेयर बजारमा पछिल्लो समय उतारचढाव कायमै रहेको छ । निषेधाज्ञाको समयमा उच्च बिन्दुुमा पुगेको  नेप्सेमा लगानीकर्ताले लगानी गर्ने एक मात्र थलो सेयर बजार रहँदा बजारमा दैनिक हरियाली छाएको थियो ।  निषेधाज्ञा केही खुुकुलो भएसँगै लगानीका अन्य क्षेत्रहरूमा लगानीकर्ता बाँडिँदा बजारमा उतारचढाव कायम रहेको लगानीकर्ता बताउँछन् ।

पछिल्लो समय बजार मौद्रिक नीतिको पर्खाइमा बसेको पनि हुुन सक्ने ब्रोकर तथा लगानीकर्ता भरत रानाभाट बताउँछन् । राजनीतिक परिदृश्य, नयाँ नीतिका कुुराले पनि बजारमा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेका छन्, त्यसकारण पनि सेयर खरिद–बिक्रीमा कमी आएको रानाभाटकोदाबी छ । 

अघिल्लो साताको अन्तिम कारोबार बिहीबार १९ अंकले बढेको नेप्से साताको पहिलो कारोबार आइतबार ८ दशमलव ४८ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ५२ बिन्दुुमा पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स शूून्य दशमलव ३३ अंकले घटेर ५ सय २८ दशमलव ४५ बिन्दुुुमा पुुगेको छ ।

कारोबारमा आएका १३ समूूहका सूचकमध्ये ८ समूूहका सूूचक नकारात्मक बनेका छन् भने ३ समूूहका सूूचकमा मात्र हरियाली छाएको छ । होटेल तथा पर्यटन समूूहको २ प्रतिशतले बढेको छ भने फाइनान्स समूूह, विकास बैंक समूूहको सूूचक १ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै घट्ने कम्पनीमा पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, पञ्चकन्या हाइड्रोपावर रहेका छन् । यी कम्पनीको सेयर मूूल्य ५ प्रतिशतले घटेको छ भने रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि उल्लेख्य गुुमाएका छन् । 

गुडविल फाइनान्स डिबेन्चर ८३ को १० प्रतिशत मूल्य बढेको छ । त्यस्तै, ओरियन्टल होटेल, सिइडिबी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इस्योरेन्सका लगानीकर्ताले नाफा कमाउन सफल भएका छन् । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २४ कम्पनीको जम्मा १ करोड ८ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी करोबार हुने कम्पनीमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको २१ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा नेपाल दूूरसञ्चार कम्पनीको १९ करोड ४६ लाख रुपैयाँ र अपर तामाकोसी हाइड्रोपावर कम्पनीको १६ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

 युनियन लाइफ इस्योरेन्स कम्पनीको आइपिओ बिहीबारबाट खुुला
युुनियन लाइफ इस्योरेन्स कम्पनीको आइपिओ (प्राथमिक सेयर) २४ असारबाट बिक्री खुला हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट असार १३ गते स्वीकृति पाएको कम्पनीले आगामी बिहीबारबाट सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको हो ।

कम्पनीको जारी पुुँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता सेयरमा ५ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि, ३ लाख २२ हजार ५ सय अर्थात् ५ प्रतिशत कित्ता सेयर सामूूहिक लगानी कोषमा छुुट्याइएको छ भने बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ । आवेदन २४ असारबाट ढिलोमा साउन ७ गते र छिटोमा असार २८ गतेसम्म दिन सकिने सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभुु क्यापिटलले जनाएको छ । 

ad
ad